भरतपुर। गएराती देखि रोकिएको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि खुलेको छ।
सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो पन्छाएपछि मंगलबार दिउँसोदेखि सडक खुलेको छ। दुवैतर्फ सडक खुलेको उनले बताएका छन्।
सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।











