नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबासमा आज बिहान रात्रिबस दुर्घटना भएको छ । धनगढीबाट काठमाडौं जाँदै गरेको सुपप्र ०१-००१ ख २९८६ नम्बरको रात्रिबस बिहान सवा ४ बजेको समयमा दाउन्नेको घ्युखोलामा पल्टिदा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।
घाइते २९ जनामध्ये २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेसहित १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएका कारण बस पल्टिएको हो ।
एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । दुम्कीबास प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् । अन्यको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।











