चितवन । रत्ननगर नगरपालिकाले संस्थागत विद्यालय (कक्षा १२ सम्म सञ्चालन भएका) लाई साउन २२ देखि २४ गतेसम्म पठनपाठन रोक्न निर्देशन दिएको छ ।
सामुदायिक विद्यालयहरु बर्षे विदामै रहेकाले संस्थागत विद्यालयलाई तीन दिन बिदा गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए ।
बिदाको सुचना जारी गर्नुपहिला आँखाको सुरक्षा सम्बन्धि सचेतना दिन पनि आग्रह गरिएको छ । भरतपुर महानगरपालिकामा भने सम्पूर्ण विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।












