चितवन । बजाज कम्पनीका ग्राहकले अब अफरै अफर र छुटको सुविधा पाउने भएका छन । आजबाट देशैभरका डिलरमा लागु हुनेगरी बजाजका जुनसुकै मोडल र ब्राण्ड खरीद गरेका ग्राहकले अफर र छुट पाउने भएका हुन् । भरतपुरको हाकिमचोकमा रहेको एनके मोटर्सले पनि यो योजनालाई लागु गरेको छ ।
सोही बमोजिम आजदेखि ग्राहकलाई आजदेखि असोज ७ गतेसम्म छुट र अफर दिईएको डिलरका सञ्चालक पदमराज कंडेलले जानकारी दिए। अप्ठ्यारोमा सघाउंँदै चाडपर्वको यात्रालाई टेन्सनमुक्त बनाउंँदै भन्ने मुल नाराका साथ चितवनमा पनि यो सुविधा लागु गरिएको कंडेलले बताए ।
उनका अनुसार बजाज कम्पनीको सबै मोडल र बा्रण्डमा निशुल्क सर्भिसिङ्ग, मर्मतसम्भारमा ५० प्रतिशत छुट, लुब्रीकेन्टसमा २५ प्रतिशत छुट र पार्टसमा १० प्रतिशत छुट र युरोग्रिप टायरमा १० प्रतिशत छुट गरिएको हो । यो अफर लागु भएसंँगै दैनिक ५० भन्दा बढी ग्राहकले यो सुविधा लिने गरेको उनले बताए ।
केही दिन अघि कम्पनी एनएस १२५ मोडलको बाईक सार्वजनिक गरेको थियो । डिलरमा झण्डै दर्जन मोडलका बाइकहरु बिक्री हुंँदै आएको छ । न्यूनवर्गदेखि उच्च वर्ग सम्मलाई लक्षित गर्दै यहांँ एकलाख देखि सवा ६ लाख रुपैयांँका बाइकहरु पाईने सञ्चालक कंडेलले जानकारी दिए ।











