भरतपुर । उच्च शिक्षाका लागि जापान जान चाहाने दलित जनजाती र पछाडि परेका समुदायका विद्यार्थीलाई सेन्ट्रल कलेजले विशेष छुट दिने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलन गरी त्यस्ता विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसेसिङ गर्दा १० हजार रुपैयाँसम्म छुट दिइने बताएको हो ।
कलेजले अस्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याड, भारत, युरोप, दक्षिण कोरीया लगाएतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै भिजा प्रोसेसिङका काम गर्दै आएको छ ।
महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन र नवलपुरमा आएर डेरा गरी बस्ने विद्यार्थीलाई पनि सहुलियत प्रदान गरिएको कलेजका प्रिन्सिपल वाइबी पौडेलले बताए । कलेजले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै बिदेशका थोरै शुल्क लिएर गुणस्तरीय सेवा दिन खोजिएको उनले बताए ।











