चितवन । बजार कम्पनीको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरले चौविसकोठीमा एनएस १२५ विएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक गरेको छ । शुक्रबार सांँझ भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
सो अवसरमा बोल्दै खनालले सकारात्मक सोच र कामबाट परिवर्तन सम्भव हुने बताए । सो अवसरमा चर्चित गायक गायक प्रमोद खरेल, टिका प्रसाईंले सांँगितिक प्रस्तुति दिएका थिए भने हास्य कलाकार सुमन कार्कीले हास्य प्रहसन गरेका थिए ।
कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कंडेल, आरुषी मिडीया एण्ड ईन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटी, अतिथि लगायत कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
दशैं, तिहार, छठको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्किम ल्याएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मुल्यको २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन ।
यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक, सक २ भल्भ एयर कुल्ड, पांँच गियर, फ्रन्ट डिस्क ब्रेक, ट्युबलेस टायर लगायतका बिशेषता छन् । प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलको मुल्य दुई लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।











