काठमाडौँ । विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको मुख्य भूमिका रहेको फिल्म ‘भगवत् गीता’ २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
प्रेमकथामा बनेको यो फिल्म सुनिल कुमार थापाले निर्माण गरेकी हुन् भने झरना थापाले निर्देशन गरेकी छन् । तिजलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति भदौ २९ तोकिएको हो । फिल्मको छायांकन अझै केही बाँकी छ ।
सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस अगाडि फिल्म ‘ए मेरो हजुर ४’ले राम्रो व्यवसाय गरेको थियो ।
यही मितिमा दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’ पनि रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म लगायतका कलाकारको अभिनय छ ।











