काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। बालकृष्ण खाण पक्राउ परेकै दिन कांग्रेसका युवा नेताहरूले गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन्।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, मधु आचार्य सहितको टोलीले गृहमन्त्रीलाई भेटेर दबाबमा नपरी नक्कली शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।
नेता गुरुराज घिमिरेले कांग्रेसबाट बल प्रदान गर्न आफूहरु आएको बताउँदै भ्रष्टाचारी राज्यबाटै संरक्षित रहेकाले कारबाही गर्न आग्रह गरेको बताए।
‘केहीको प्रभुत्व मुलुकमा चलेको भन्ने छ। जनताको जीवनमाथि खेलबाड भइरहेको छ। अहिले यो मुद्दामा हामी तपाईंलाई उत्साह र साथ सहयोग प्रदान गर्न आएका हौं,’ उनले भने।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाएका थिए।











