काठमाडौं। नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले भौतिक पूर्वाधार निर्माणमा पारदर्शिता कायम गर्नुपर्ने बताएकी छन्।
समयमा विकास निर्माणको काम नसक्ने र ठेकेदार सम्पर्कविहीन हुने गरेको भन्दै उनीहरूलाई जिम्मेवार बनाउनुपर्ने बताइन्।
बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफलमा भाग लिँदै देउवाले आफ्नै जिल्लामा एउटा पुल १० वर्षमा पनि नबनेको बताइन्।
‘मेरो जिल्लामा एउटा पुल बन्न १० वर्ष लाग्छ किनरु’ उनले भनिन्, ‘ठेकेदारलाई समाउन कसैले पनि सक्दैन। साँठगाँठ हुन्छ। जनताले कुरा बुझ्दैनन् अनि त्यसको अपजस हामीले भोग्नुपरिरहेको छ।’
उनले ठेकेदारले बैंकबाट ऋण लिएर काम गर्ने र सरकारले बैंकलाई पैसा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने उनको जोड छ।











