चितवन । यातायात व्यवस्था कार्यालय चितवनले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि आज पहिलो पटक वायोमेट्रिक लिएको छ । कार्यालयले भोलि पनि वायोमेट्रिक लिँदै छ । कार्यालयले चैत २८ गते लिखित परीक्षा र चैत २९ गते ट्रायल परीक्षा लिने भएको छ । लिखित र ट्रायल परीक्षा महालक्ष्मी ट्रायल सेन्टरमा हुने छ ।











