भरतपुर । उद्योग वाणिज्य संघ–चितवन र परेली अलकेयर प्रोडक्टको सयुक्त आयोजनामा एक दिने सौन्दर्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले स्वास्थ्य र सौन्दर्यता एक अर्काका परिपुरक भएकाले सौन्दर्य प्रसाधनका सामाग्री प्रयोग गर्दा स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताए । उनँले सौन्दर्य व्यवसायी र पेसालाई आवश्यक पर्ने कुनै कार्यक्रम भएमा संघले आयोजना गर्ने समेत बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारिणी सदस्य एवं संघको तालिम संयोजक योगिता पियाले स्वागत गदैं, कार्यक्रमले नयाँ प्रविधिका बारेमा अद्यावधिक बनाउने बताउदै उनहाँले कार्यक्रम अवधिभर सक्रिय रूपमा सहभागीभै लाभिान्वित हुन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै परेली अलकेयर प्रोडक्टका डाईरेक्टर भानु ढुङ्गानाले परेली अलकेयर बाट उत्पादित सौन्दर्य प्रसोाधनका सामाग्रीहरूका बारेमा जानकारी दिए । त्यस्तै सौन्दर्यकर्मी संगठनका केन्द्रीय उपमहासचिव बालकुमारी रानाभाटले सिकाईले नै नयाँ ज्ञान बटुल्ने बताइन् । कार्यक्रमका प्रमुख प्रशिक्षक स्किन विशेषज्ञ काठमाण्डु मोडल हस्पिटलका डाक्टर एलिज अर्यालले सौन्दर्य व्यवसायीहरूलाई सौन्दर्य प्रसाधनका सामाग्री प्रयोग बारेमा जानकारी गराउदै व्यवसायीहरूका गुनासाहरु सम्बोधन गरेका थिए ।
कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर के.सी, परेली अलकेयरका प्रोडक्ट डाईरेक्टर रिना ओझा, भरतपुर थर्मो सेन्टरका इन्द्रकला भुषाल, चितवन नवलपुर थर्मो सेन्टरका विनोदजी लगायत १०० जना सौन्दर्य व्यवसायीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।










