काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शनिबार बिहान च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उपाध्यक्ष शाक्य बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत हुन्।











