काठमाडौं। नेकपा एमाले नेताहरू राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् ।
बिहीबार विहान नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका एमाले नेताहरू दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका हुन्।
एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित सचिव योगेश भट्टराई, उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेका हुन्।
फागुन २५ गते हुने निर्वाचनमा एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । आठ दलीय गठबन्धनमा सहभागी भएको एकीकृत समाजवादीले गठबन्धनका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने औपचारिक निर्णय नै गरिसकेको छ ।
सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको रास्वपाले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।











