बाग्लुङ। बाग्लुङमा एक पिताले आफ्नै तीन वर्षीया छोरीको हत्या गरेका छन् ।तीन वर्षीया अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।











