चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी कायम भएको छ । यसअघि चुनाव चिह्न गोलाकार भित्र घण्टी रहेकोमा गोलाकारलाई हटाएर घण्टी मात्रै कायम गरिएको हो ।
चुनाव चिह्न संशोधनका लागि रास्वपाले निर्वाचन आयोगमा निवेदन दिएका थियो । आयोगको फागुन १५ गतेको बैठकले रास्वपाको निवेदन स्वीकृत गर्दै चुनाव चिह्न घण्टी कायम गरिदिएको हो ।












