धनगढी। नेकपा एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन अपिल गरेका छन्।
आज (बुधबार) धनगढीस्थित पार्कमोडमा एक कार्यक्रमको आयोजना गर्दै उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै त्यस अभियानलाई साथ दिन आग्रह गरेका हुन्।
यस्तै अभियन्ता प्रसाईले आफूले एमाले छाडेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुनुपर्ने दाबी गरेका छन्। आफूले पूर्व राजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने उनको माग छ।
‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइ राख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन र?’ उनले भने, ‘म पनि केपी हजुरबुबालाई तपाईको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’










