काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट पार्टी सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् ।
आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै शुक्रबार सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेसँगै उनी आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
अदालतको त्यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।











