काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाँदै छन् ।
सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछाने नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन जाँदै गरेको उनी निकट प्रकाश सिग्देलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविले पेस गरेको कागजात हेरेर नागरिकता दिने भएको छ । अदालतले पुनः नागरिकता प्रक्रियाको लागि अमेरिकी नागरिकता त्यागेको निस्सा हुनुपर्ने भनेको छ ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेको थियो ।
अदालतको यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।











