धनकुटा। धनकुटा महोत्सवमा भएको गायक प्रमोद खरेलको कार्यक्रममा भिडमा च्यापिएर ३० जना घाइते भएका छन्। आयोजकले दर्शकलाई टिकट नकाटी भित्र पस्न नदिएपछि गेटमा भिड हुँदा च्यापिएर घाइते भएका हुन्।
टाउकोमा चोट लागी गम्भिर घाइते भएका मध्ये २ जनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। अन्य १६ घाइतेको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने वाँकी १२ जनाको धनकुटा अस्पताल उपचार भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीका अनुसार घटनाको विस्तृत विवरण आउँदै छ ।
घटनापछि महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज ११ बजे जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।











