काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा सकिएपछि अर्को सुनुवाइ शुक्रबार हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो। बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे।
यसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए।











