काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर संविधान मिचेको बताएका छन्।
सामाजिक सञ्जालमा पूर्व गृहमन्त्रीसमेत रहेका रावलले बुधबार लामिछानेले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारेको बताएका हुन्।
उनले भनेका छन्, ‘संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको हो। गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश–विरोधी अपराध ठहर्नेछ। गृहमन्त्रीबाट कानून मिचिएको छ ।’
गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ।











