चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई बधाई दिएका छन् । क. प्रचण्ड नामक फेसबुकमा आज एक स्टाटस लेख्दै प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकामा रुइतलाई बधाई दिएका हुन् ।
साथै डा रुइतले सरकारसँग गरेका अपेक्षालाई सरकारले गम्भिरतापूर्वक लिने बताएका छन् । उनले लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा। सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’
बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नामबाट स्थापित इसा अवार्ड मंगलबार रुइतलाई दिने घोषणा भएको हो । डा रुइतले करिब १३ करोड राशीको इसा अवार्ड प्राप्त गरेका हुन् ।










