आज २०७९ साल पुस २४ गते आइतबार, तदनुसार सन् २०२३ जनवरी ८ तारिख। विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ।
मेष – आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ।
वृष – आज मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। पारिवारिक सद्भाव पनि बढ्नेछ।
मिथुन – आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। सफल यात्रा पनि हुनेछ।
कर्कट – आज शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राज्यबाट मान सम्मान पाइनेछ।
सिंह – आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ।
कन्या – आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट सहयोग पनि मिल्नेछ।
तुला – आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ।
वृश्चिक – सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ।
धनु – आज मन खिन्न हुने स्थिति आउनसक्छ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ।
मकर– आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ।
कुम्भ – आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला।
मीन – आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ।









