भरतपुर । होटल व्यवसायी संघ चितवनको अध्यक्ष ऋषिकेश अर्याल चयन भएका छन् । संघको आज (शनिबार) भएको २९औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर कार्की, उपाध्यक्षमा रामबहादुर गुरुङ, सावित्रि घिमिरे, विकास गुरुङ, महासचिवमा कृष्णकुमार महतो, सचिवमा सन्देश चापागाई, कोषाध्यक्षमा पुजन कोइराला र सह कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा गंगा पराजुली, पिण्डराज केसी, नारायण जर्गा मगर, गनबहादुर श्रेष्ठ, लोकनाथ कँडेल (कृष्णपुर इकाइ), छविलाल चापागाई (भरतपुर इकाइ), ललिता श्रेष्ठ (माडी इकाइ), अर्जुन श्रेष्ठ (इच्छाकामना इकाइ), नविन कँडेल (नारायणगढ बजार इकाइ) चयन भएका छन् । नयाँ कार्यसमितिको पद हस्तान्तरण आगामी पुस २ गते हुने भएको छ ।
त्यसअघि, संघका निवर्तमान अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहेकी थिइन् ।











