भरतपुर । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)को १४औँ वार्षिकोत्सवको अवसरमा बुधबार चितवनमा रक्तदान कार्यक्रम गरिएको छ ।
रक्तदान कार्यक्रम र केक काटेर एमआरआरको वार्षिकोत्सव मनाइएको एमआरआर चितवन–नवलपुर संयोजक फणिन्द्र न्यौपानेले जानकारी दिए । केकको सौजन्य चितवन केक हाउसले गरेको थियो भने व्यानर, चना अण्डा र चियाको सौजन्य चियादानीले गरेको थियो ।
एमआरआरले हरेक हप्ता आयोजना गर्दै आएको भजनकिर्तनको कार्यक्रम अबदेखि हरेक शनिवार भरतपुर–११ मा रहेको धनगढा मन्दिरमा हुने भएको छ । धर्म संस्कृतिको जगेर्ना गर्दै युवापिढीलाई भजनको महत्व बुझाउन एमआरआरले भजनकिर्तनको कार्यक्रम सुरुवात गरको हो ।
एमआरआरले ट्राफिक व्यवस्थापन, फोहोरमैला ब्यवस्थापन, अनाथ बालबालिकालाई न्यानो कपडा वितरण लगायतका सामाजिक कामहरु गर्दै आएको छ ।












