अत्तरिया । कैलालीको अत्तरियामा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न अन्तरक्रिया गरिएको छ ।
शनिवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी सहासंघ नेपालको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
होटल व्यवसायी सहासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला प्रमुख अतिथि रहेका थिए भने नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो ।











