काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्का विनानै नेपाली सेनाको सलामी ग्रहण गरेका छन् ।
जनप्रतिनिधिहरु पिर्कामाथी उभिएर सलामी ग्रहण गर्ने प्रवृत्तिको विरोध हुँदै आएपछि लामिछानेले पिर्का विनानै सलामी लिएका हुन् ।
बिहीबार दिउँसो लामिछाने सरकारी निवास पुल्चोकमा सरेसँगै गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् ।










