काठमाडौँ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन्।
बिहीवार बसेको एमाले संसदीय दलको बैठले सर्वसम्मत रूपमा थपलियालाई नेता चयन गरेको हो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका थपलिया यसअघि बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए।
केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने सम्भावना देखिएको छ। बागमतीको नेतृत्व एमालेले पाए थपलिया नै प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्।











