काठमाडौं। संघीय संसदको अधिवेशन पुस २५ मा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन्।
सरकारको सिफारिस अनुसार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।











