काठमाडौँ । ७४ वर्षीय रजनीकान्तको फिल्म ‘कुली’ मा अब ओटीटीमा रिलिज हुने भएको छ ।
बक्स अफिसमा शानदार प्रदर्शन गरेको कुली सेप्टेम्बर ११ देखि अमेजन प्राइममा रिलिजमा रिलिज हुने भएको हो ।
अमेजन प्राइमले सेप्टेम्बर ११ मा कुली रिलिज हुने जानकारी दिएको छ । कुलीले भारतीय बक्स अफिसमा करिब २९० करोड कमाई गरेको छ भने विश्वभर ५ सय करोड भन्दा बढी कमाई गरेको छ । यो फिल्म अमेजन प्राइममा तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ ।
फिल्म ‘कुली’ एक ग्याङ्स्टर ड्रामा फिल्म हो । रजनीकान्त बाहेक नागार्जुन, उपेन्द्र, आमिर खान, सत्यराज जस्ता कलाकारहरू पनि यसमा देखिएका थिए । यी सबै कलाकारहरू ग्याङ्स्टरको भूमिकामा देखिएका छन् । साथै, अभिनेत्री श्रुति हासन यस फिल्ममा देखिएकी थिइन् । ‘कुली’ लाई लोकेशन कनागराजले निर्देशन गरेका हुन् ।











