काठमाडौं। नेपाली कांग्रेसले आगामी पुस २२ गते शुक्रबारको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
चुनावी समीक्षा तथा समसामयिक राजनीतिबारे छलफल गर्न काग्रेसले उक्त बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गठबन्धन गरेर चुनाव लडेको नेपाली कांग्रेस अहिले गठबन्धन भत्किएपछि राजनीतिको केन्द्रबाट ओझेलमा परेको छ। संघमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनिसकेको छ भने सातै प्रदेशमा कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था बनेको छ।
गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको आलोचना भइरहेका बेला केन्द्रीय समितिको बैठक बस्न लागेको हो।











