चितवन । भरतपुर महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको बताएका छन्।
दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भरतपुर महानगरपालिका र ज्येष्ठ नागरिक सघ चितवनको सयुक्त आयोजनामा सोमबार भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै अधिकारीले २०६२/०६३ को जन आन्दोलनमा जेष्ठ नागरिकहरुले पुर्याएको योगदानको कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापना हुन पुगेको बताएका हुन्।
महानगर जेष्ठ नागरिकहरुको सुख दुखमा परिवारको सदस्यको रुपमा सहयोग गर्न चाहेको उनले बताए ।
जेष्ठ नागरिकहरुका लागी भरतपुरमा रहेका अस्पतालहरुमा समन्वय गरि १० शैया छुट्याइएको भएता पनि आगामी दिनहरुमा अझ बढी सेवा सुबिधा उपलब्ध गराउने समेत अधिकारीले प्रतिबद्धता जनाएका छन्।










