काठमाडौँ । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पाउने भएको छ ।
सोमबार दिउँसो सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिके राउतले पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको बताएका हुन्।
पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बन्ने भएको राउतले जानकारी दिए ।
‘म सासंद बन्न पनि योग्य व्यक्ति होइन। तर पार्टीका उपाध्यक्ष योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउन सिफारिस गर्दैछ,’ उनले भने।











