काठमाडौँ । राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्ने ललितपुर ३ कि सांसद तोषिमा कार्कीले स्वघोषणा गरेकी छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दे उनले यस्तो बताएकी हुन् ।
उनले निशुल्क महिनावारी सामाग्री अभियान सञ्चालन गर्ने कामको सुरुवात गर्ने समेत उल्लेख गरेकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफ्नो कोषबाट दिने बताएकी छन् ।











