चितवन । भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता भिम बहादुर दराईको शव आइतबार बिहान पौने ११ बजेको समयमा बेपत्ता भएको स्थान देखि २ किलोमिटर पश्चिम भरतपुर-२५ स्थित राप्ती नदीमा फेला परेको हो।
शनिबार साँझ ६ बजेको समयमा भरतपुर–२३ खड्कौली बस्ने ५६ वर्षीय गोरख बहादुर दराई र ५० वर्षीय भीमबहादुर दराई माछा मार्न गएका थिए ।
आफुसँगै माछा मार्न गएका भीमबहादुर दराईलाई नदेखेपछि गोरख बहादुर दराईले इलाका प्रहरी कार्यालय गीतानगरमा खबर गरेका थिए ।











