काठमाडौँ । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजले आफ्नो प्रमिकालाई पनि नभेट्ने भएका छन् । उनी जेलबाट मुक्त भएपछि अहिले अध्यागमन विभाग कालिकास्थानमा छन् ।
उनी जेलमा रहँदा नै प्रेममा परेर इंगेज्मेन्ट गरेकी निहिता विश्वास र निहिताकी आमा सकुन्तला विश्वासले शोभराजका तर्फबाट मुद्दासमेत लडेका थिए।
अहिले जेलमुक्त भएपछि भने शोभराजले प्रेमिका निहिता र प्रेमिकाकी आमा सकुन्तलालाई भेट्न मानेनन् । निहिता त शोभराजसँगै फ्रान्स जानसमेत तयार थिइन् । तर, शोभराजले उनीहरूलाई भेट्न मानेनन् । शोभराजलाई भेट्न निहिता र सकुन्तला अध्यागमन विभाग पुगेका थिए । तर, उनीहरूले शोभराजलाई भेट्न पाएनन् ।
शोभराजले आफ्ना नेपाली कानुन व्यवसायी गोपाल शिवाकोटी चिन्तनसँग भने भेटेका छन् । शोभराज आजै फ्रान्स डिपोर्ट हुँदैछन् ।













