काठमाडौँ । बालगायक सचिन परियार विरामी भई आइसियुमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ। बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।
उनको अवस्था नराम्रोसँग बिग्रिएको गायक रविन लामिछानेले फेसबुकमा स्टाटस पोष्ट गरेका छन् । लामिछानेका अनुसार सचिनको अबस्था बारे बुझ्न अस्पताल पुग्दा बाबु को उपचार आइसियुमा मा भैरहेको र स्वास्थ्य स्थिर नै रहेको छ।
सचिनको उपचार को लागि देश तथा बिदेस बाट सबैले सकेको सहयोग गरिदिनु हुन समेत उनले आग्रह गरेका छन् । सचिनका बुबाले आफूसंग पैसा नभएको भन्दै फेसबुकमा पोष्ट सार्वजनिक गरेका थिए । सचिनलाई के भएको र कति दिन राख्ने टुङ्गो नभएको पनि लामिछानेले उल्लेख गरेका छन् ।
एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।














