चितवन । नारायणगढको हङकङ बजारस्थित एक पसलबाट कपडा चोरी गर्ने दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–५ घर भइ हाल भरतपुर–३ न्यूरोडमा डेरा गरि बस्ने वर्ष ३६ की अन्जु प्रजा र भरतपुर–२६ दिब्यनगर बस्ने वर्ष ३८ की बाल कुमारी महतो रहेका छन् ।
उनीहरुले शनिबार बेलुका ६ बजेको समयमा हङकङ बजारस्थित बिक्स राइडर कपडा पसलबाट कपडा चोरी गरेका थिए । सिसि क्यामरामा कैद भएको दृश्यका आधारमा कपडा पसल सञ्चालकले नै उनीहरुलाई समातेर प्रहरी कार्यालयमा बुझाएका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले बताए ।











