चितवन । चितवनमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरस्थित शरदकृष्ण टोल बस्ने ६४ वर्षीय राधिक विक रहेकी छन् ।
शनिबार बेलुका ६ः५५ बजेको समयमा घर नजिकै रहेको सेफ्टी ट्यांकीमा खसेर विक गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्काल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल लगिएकामा शनिबार राति साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।











