काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले पार्टीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गरेकी छिन् ।
बिहीबार पार्टीको सचिवालय बैठकमा आफूले बोलेको अभिव्यक्तिबारे सफाइ दिन केन्द्रीय कार्यालय आलोकनगर पुगेकी उनले नेताहरूले मिडियामार्फत स्पष्टीकरण सोधेकोमा असन्तुष्टि जनाइन् ।











