काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर आएको छ।
स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।
२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।











