सिरहा । सिरहाको अर्नामा गाउँपालिका-१ बुढियाचापमा एकजना युवकको शव फेला परेको छ ।
अर्नामा-१ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो ।
अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाँटीमा प्लास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानीयहरु बताउँछन् ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानीयको आरोप छ। मृतक महरा मानसिक रोगी पनि रहेको एकजना स्थानीयले जनाए। तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो।
स्थानीयले घटनाबारे प्रहरीलाइ जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
महराको मृत्यु शंकास्पद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जनाएको छ।
उनले भने, हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भैरहेको बताए। मृत्यू कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको बताए।











