काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक बस्दै छ ।
अपराहन्न १ बजेदेखि बस्ने बैठकमा जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल प्रारम्भ हुने तालिका रहेको छ।
यस अघि मंगलबार बस्ने भनिएको बैठक विपक्षी दलहरुको अवरोधको अडानका कारण बस्न सकेको थिएन् ।
सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेपनि एक दिन बैठकनै नबसि गएको छ ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफुहरुका मागको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको बताइएको छ ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन् ।











