काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अभिव्यक्ति सच्याउन राष्ट्रिय दलित आयोगले आग्रह गरेको छ । मेयर राईले फेसबुकमार्फत दलित समुदायमाथि अपमान मरेको आयोगले जनाएको छ ।
उनको ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने आयोगले माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयर साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।














