काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २०/२५ वर्ष बुढो नहुने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई बुढो भन्नेहरू देख्दा अचम्मित हुने बताएका हुन्।
‘पोहोर परार बिरामी थिएँ। अहिले बिरामी छैन। मलाई बुढो देख्न २०/२५ वर्ष पर्खनुस’, उनले भने, ‘अझै पनि मेरो बुबा लौरो नटेकेरै हिँड्दै हुनुहुन्छ। मलाई बुढो देख्ने? किन हतार?’
आफ्नो उमेर र स्वास्थ्यको बारेमा कसैले चिन्ता नगर्न उनले आग्रह गरे। उनले थपे, ‘एकदिन हाफ म्याराथन राखौँ कि के हो?’










