काठमाडौँ । आज रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ ३ रुपैयाँले घटेको छ।
नेपाल आयल निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। यहाँ प्रतिलिटर १६०.५० बाट घटेर १५७.५० रुपैयाँ पुगेको छ।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन्। यहाँ प्रतिलिटर १६२ बाट घटेर १५९ रुपैयाँ पुगेको छ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्। यहाँ प्रतिलिटर १६३ बाट घटेर १६० रुपैयाँ पुगेको छ।











