चितवन । फोर्ब्स कलेजमा भोलि (सोमबार) खुल्ला रक्तदान कार्यक्रम हुँदैछ । कलेजले बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजन गर्न लागेको हो।
उक्त कार्यक्रम भोली बिहान ११ बजे भरतपुर–२ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा सञ्चालन हुने कलेजका प्रिन्सिपल हरि पाठकले जानकारी दिए ।
कलेजले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आएको बताउँदै उनले रक्तदानबाट कसैलाई जीवनदान गर्न सकिने भएकाले रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे ।
रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, अभिभावक लगायतको सहभागीता रहने उनले बताए ।














