चितवन । भरतपुर–४ लंकुस्थित हरिकिर्तन चोकमा रहेको लक्ष्मीवेङ्कटेश मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । फागुन १ गतेदेखि ९ गतेसम्म हुने महायज्ञको तयारी तीव्र पारिएको छ ।
कमलनयनाचार्य ‘मुक्तिनाथ बाबा’को संरक्षकत्व, शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी (टीकाराम गुरुको प्रधान यज्ञाचार्यत्व, अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा महायज्ञ हुन लागेको हो ।
महायज्ञमा लक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकुका पीठाधीश स्वामी जगन्नाथाचार्य, स्वामी श्रीनिवासाचार्यलगायत नेपाल–भारतका प्रमुख सन्तमहात्मा, विद्वान्, विचारकहरूसमेतको उपस्थिति रहने आयोजकले बताएको छ ।
एकवर्षीय हरिनाम सङ्कीर्तन स्मारक र अतिथि गृहको उद्घाटन एवम् अक्षयकोष अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
महायज्ञको लेखन–सम्पादन–प्रकाशन संयोजकमा हरिदास सापकोटा, अर्थ संकलन संयोजकमा भानुभक्त कंडेल, मीडिया प्रचार संयोजकमा माधव सापकोटा, युवा परिचालन एवम् यज्ञमण्डप निर्माण संयोजकमा चतुर्भुज कंडेल, स्वास्थ्योपचार संयोजकमा शोभाप्रसाद आचार्य, टोल विकास समन्वय संयोजकमा गम्भीर सोडारी, भण्डार व्यवस्थापन संयोजकमा दुर्गाप्रसाद सापकोटा, मंच संचालन संयोजकमा फूलनाथ निउरे, जनसम्पर्क तथा दाता पहिचान संयोजकमा यमलाल कंडेल चयन भएका छन् ।
त्यस्तै, प्रचारप्रसार संयोगजकमा यमलाल भण्डारी, मोटरसाइकल र्याली संयोजकमा हरिकृष्ण सापकोटा, ब्राह्मण व्यवस्थापन संयोजकमा पुरुषोत्तम कंडेल, फूलमाला व्यवस्थापन एवम् अतिथि सत्कार संयोजकमा तुलसी निउरे, भान्सा व्यवस्थापन संयोजकमा माधव कंडेल, आपूर्ति संयोजकमा गोविन्द कंडेल, मातृशक्ति परिचालन संयोजकमा अम्बिका कंडेल, प्रशंसा पत्र लेखन संयोजकमा काशीराम आचार्य, सरसफाइ संयोजकमा ओमप्रसाद गौतमलाई चयन गरिएको छ।
महायज्ञको मिति नजिकिँदै गर्दा प्रचारप्रसारको कार्य तीव्रताका साथ अघि बढिरहेको, यज्ञ मण्डप निर्माण, २०६१/६२ सालको एकवर्षे हरिनाम संकीर्तन कार्यक्रममा सहभागी भक्तजनहरूसँग भेटघाट, जनसम्पर्कका लागि गाउँ–गाउँमा जाने कार्य चलिरेहेको र महायज्ञप्रति भक्तजनहरू उत्साहित भइरहेको मूल समितिका संयोजक टीकाराम कँडेलले बताए ।
महायज्ञअन्तर्गत माघ ३० गते दिउँसो २ बजे विशाल मोटरसाइकल तथा गाडी र्याली र फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघ–संस्थाको परिचय झल्कने भेषभूषा, ब्यानर, ओमकार झन्डासहितको विशाल शोभा–कलश यात्रा गरी यज्ञारम्भ गर्ने कार्यक्रम रहेको मीडिया प्रचार संयोजकमा माधव सापकोटाले जानकारी दिए ।
त्यस्तै, फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य र मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तनको समुद्घाटन,
संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य र महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको समुद्घाटन गर्ने कार्यक्रम छ ।
महायज्ञ अन्तर्गत फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मूल समितिले जनाएको छ।












