चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको निर्देशनमा शनिबार प्रचण्ड मार्गको अनुगमन गरिएको छ । भरतपुर १४ र १५ का वडाध्यक्ष, आयोजनाका इन्जिनियर, निर्माण व्यवसायी र स्थानीय जनताको उपस्थितीमा निर्माणाधीन प्रचण्ड मार्गको अनुगमन गरिएको हो ।
अनुगमनपछि अन्तिम पटकको लागि दिइएको म्याद भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । निर्माण व्यवसायीले मंसिर ३० गतेसम्म १.१ किमी महेन्द्रचोक–रिमालचोक सडकमा प्राइम र ७०० मिटर लामो पार्वतिपुर बजार देखि मुस्कान चोकसम्म सडकमा कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।
सार्वजनिक खरिद ऐनको १२औं संसोधनले अन्तिम पटक चैत २५ गते सम्मको लागि म्याद थप भएको हो । निर्धारित समयसम्म पनि काम नसकिए ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाइने महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।











