चितवन । भरतपुर महागरपालिकाले व्यावसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरर्गत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५० प्रतिशत अनुदान कार्यक्रम समावेश गरिएको थियो ।
यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने महानगरले अपेक्षा लिएको छ । आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यसअघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।











